यी नियम तथा सर्तहरूले YouMe मोबाइल क्यामेरा/फोटो एपको तपाईंको प्रयोग नियमन गर्छन्।
YouMe एपमा पहुँच र प्रयोग गरेर तपाईं यी नियम तथा सर्तहरूसँग सहमत हुनुहुन्छ। कुनै अंशमा असहमत भएमा एप प्रयोग गर्न पाउनुहुन्न।
1. YouMe एपको प्रयोग
1.1. YouMe एप प्रयोग गर्न कम्तीमा 13 वर्ष उमेर पुगेको हुनुपर्छ।
1.2. तपाईंले YouMe एप वैध उद्देश्यका लागि मात्र र यी नियम तथा सर्तअनुरूप प्रयोग गर्ने सहमति जनाउनुहुन्छ।
1.3. तपाईंको खाताअन्तर्गत हुने सबै गतिविधिका लागि तपाईं जिम्मेवार हुनुहुन्छ।
2. सामग्री
2.1. YouMe एपबाट अपलोड, सिर्जना वा साझा गरेको सामग्रीको स्वामित्व तपाईंसँगै रहन्छ।
2.2. YouMe एप प्रयोग गरेर तपाईंले एप सञ्चालन र सुधारका लागि आफ्नो सामग्री प्रयोग, प्रतिलिपि, परिमार्जन, रूपान्तरण, प्रकाशन, अनुवाद र वितरण गर्न हामीलाई विश्वव्यापी, गैरएकाधिकारयुक्त र रोयल्टीरहित इजाजत दिनुहुन्छ।
3. गोपनीयता
3.1. हामी तपाईंको गोपनीयतालाई गम्भीर रूपमा लिन्छौँ। व्यक्तिगत जानकारी कसरी सङ्कलन, प्रयोग र खुलासा गर्छौँ भन्ने बुझ्न गोपनीयता नीति हेर्नुहोस्।
4. निषेधित गतिविधि
4.1. YouMe एप प्रयोग गरी निम्न काम गर्न पाइँदैन:
- गैरकानुनी, मानहानिकारक, अश्लील वा अन्य आपत्तिजनक सामग्री अपलोड वा साझा गर्ने।
- प्रतिलिपि अधिकार, ट्रेडमार्क, गोपनीयता वा नाम तथा छविको व्यावसायिक प्रयोगसम्बन्धी अधिकारसहित तेस्रो पक्षका अधिकार उल्लङ्घन गर्ने।
- YouMe एपको सञ्चालन वा अरू प्रयोगकर्ताको एप प्रयोगमा अवरोध गर्ने।
- कुनै ठगीपूर्ण वा भ्रामक गतिविधि गर्ने।
5. अस्वीकरण
5.1. YouMe एप ‘जस्तो छ त्यस्तै’ र ‘उपलब्ध भएअनुसार’ प्रदान गरिन्छ। एपको सञ्चालन वा त्यसबाट उपलब्ध सामग्रीबारे हामी कुनै स्पष्ट वा निहित आश्वासन वा प्रत्याभूति दिँदैनौँ।
6. दायित्वको सीमा
6.1. YouMe एपको प्रयोगबाट उत्पन्न वा त्यससँग सम्बन्धित नाफा नोक्सानसहित कुनै अप्रत्यक्ष, आकस्मिक, विशेष, परिणामी वा दण्डात्मक क्षतिका लागि हामी कुनै अवस्थामा जिम्मेवार हुने छैनौँ।
7. लागू कानुन
7.1. यी नियम तथा सर्तहरू इङ्ल्यान्ड र वेल्सको कानुनद्वारा नियन्त्रित र सोहीअनुसार व्याख्या गरिनेछन्।
8. सर्तमा परिवर्तन
8.1. हामी जुनसुकै बेला यी नियम तथा सर्त संशोधन गर्ने अधिकार राख्छौँ। परिवर्तन YouMe एपमा प्रकाशित हुनासाथ लागू हुनेछ।
YouMe एप प्रयोग गरेर तपाईं यी नियम तथा सर्तको नवीनतम संस्करणबाट बाध्य हुने सहमति जनाउनुहुन्छ।
